काठमाडौं – सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गरेको छ । सरकारका तर्फबाट कानूनमन्त्री शिवमाया तुम्बाहाङफेले संशोधन विधेयक दर्ता गरेकी हुन् ।


ADVERTISEMENT


शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार संशोधन विधेयक दर्ता भएको हो । सरकारले हालै सार्वजनिक लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा सार्वजनिक गरेको थियो ।


ADVERTISEMENT

# # #


उक्त नक्सा संविधानको अनुसूचि ३ मा रहेको निशान छापमा रहेको नेपालको नक्सामा अद्यावधिक गर्नका लागि संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने मन्त्रीपरिषद्ले गरेको थियो ।

कानुन अनुसार संविधान संशोधन गर्न दुई तिहाईको बहुमत आवश्यक छ । तर, सत्तारुढ दलसँग दुई तिहाई बहुमत नभएपनि स्पष्ट बहुमत भने रहेको छ ।