काठमाडौँ – नेपालमा थप २० जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् । सेती प्रादेशिक अस्पताल र भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २० जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


सुदुरपश्चिममा पुनः कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनका अनुसार कैलालीका १९, २३ र २६ वर्षीय पुरुष, डडेल्धुरा पर्शुराम नगरपालिका–१० का २८ वर्षीय पुरुष र वैतडीको शिभनाथ–१ का २२ वर्षीय पुरुष रहेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै बाँकेका थप १४ जनामा पनि कोरोना देखिएको छ । उनीहरु १८ देखि ६१ वर्षका सबै पुरुष रहेको प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।उनीहरुमध्ये एक जना राप्ती सोनारी पालिकाका १८ वर्षीय र नरैनापुरका १३ जना रहेका छन् । यस्तै मोरङको रतुवामाई–२ का ४१ वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ ।

पोजेटिभ देखिएका सबैको स्थायी ठेगाना र हालको ठेगाना अनुसार कन्ट्रयाक्ट ट्रेसिङ गर्ने काम स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट सुरु भएको प्रवक्ता डा. देवकोटाले बताए ।

यससंगै नेपालमा संक्रमितको संंख्या ५०७ पुगेको छ । जसमध्ये पुरुषहरु ४३३ र महिला ७४ जना रहेको प्रवक्ता डा. देवकोटाले बताए । कुल संक्रमितमध्ये ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ वर्षीय महिला, बाँकेका २५ वर्षीय युवा र गुल्मीका ४१ वर्षीय पुरुष रहेका छन् ।

७० जना उपचारपछि निको भएका छन् भने बाँकीको देशका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।