काठमाडौँ – नेपालमा थप ३३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नयाँ संक्रमण देखिनेहरुमा वैतडीका ४ जना, बाँके नरैनापुरका २७ जना, बर्दियाका १ जना र झापाका १ जना रहेका छन् ।


ADVERTISEMENT

# # #


जसमध्ये वैतडी शिभनाथ गाउँपालिकाका ४ जनामा पुरुषमा कोरोना पुष्टि भएको छ। आरडीटी पोजेटिभ देखिएका उनीहरुमा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पीसीआर नतिजा पनि पोजेटिभ आएको हो । २०, २०, २२ र २७ वर्षीय उनीहरु हाल सेती अस्पतालकै आइशोलेसनमा रहेका छन् ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बाँकेको नरैनापुर मदरसाका ६ जना रहेका छन् । उनीहरु १७ देखि ३२ वर्षसम्म पुरुष रहेको प्रवक्ता डा. देवकोटाले जानकारी दिए । यस्तै नरैनापुर-३ बाँकेको राष्ट्रिय प्रा.वि. गेगलीका १५ जनामा पनि कोरोना पुष्टि भएको छ । उनीहरु १६ देखि ३२ वर्षसम्मका रहेका छन् । यस्तै नरैनापुर-१ बाँकेकै राष्ट्रिय प्रा.वि. महातनियाँमा गरिएको नमूना संकलनमध्ये ६ जना पुरुष मा पोजेटिभ देखिएको छ । उनीहरु २२ वर्षदेखि ५० वर्षका रहेका छन् ।

यस्तै बर्दियाको बढैयाताल–१ का १ जना १९ वषीय पुरुषमा पनि कोरोना देखिएको छ । कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापा गाउँपालिका झापाको दिल्लीराज मा.वि.को क्वारेन्टाइनमा रहेका एक जना ३३ वर्षीय पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

पोजेटिभ देखिएका सबैको स्थायी ठेगाना र हालको ठेगाना अनुसार कन्ट्रयाक्ट ट्रेसिङ गर्ने काम स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट सुरु भएको प्रवक्ता डा. देवकोटाले बताए ।

यससंगै नेपालमा संक्रमितको संंख्या ५८१ पुगेको छ । जसमध्ये पुरुषहरु ५०३ र महिला ७८ जना रहेको प्रवक्ता डा. देवकोटाले बताए । कुल संक्रमितमध्ये ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ वर्षीय महिला, बाँकेका २५ वर्षीय युवा र गुल्मीका ४१ वर्षीय पुरुष रहेका छन् ।

७० जना उपचारपछि निको भएका छन् भने बाँकीको देशका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।