रौतहट । रौतहट क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्बाचित सांसद महमद आफताब आलम नख्खु कारागारमा रहेको अवस्थामा प्रहरीले उनको घरमा मध्यराती छापा मारेको छ ।
गत राति १२ः३० बजे आलमको राजपुर स्थित घरमा छापा मारेसँगै गाउँमा आतँक मच्चिएको छ । छापा मार्न गएको टोलीलाई स्थानीयले नै बिरोध गरेपछि प्रहरी फर्कन बाध्य भएको बताईएको छ ।
छापा मारे लगत्तै ठूलो संख्यामा गाउँलेहरुले डाँका आयो भन्दै होहल्ला सुरु गरेपछि प्रहरी टोली फर्किएको जनाईएको छ । आलमको घर अगाडि जम्मा भएको भीड हटाउन प्रहरीले मध्यराती नै १२ राउन्ड हवाइफायर समेत गरेको थियोे । आलमका भाइ महताब आलमलाई खोज्न भन्दै गएको प्रहरीले गाउँमा नै आतँक मच्चाएको स्थानीयहरू बताउँछन् । मध्यराती गरिएको फायरिङले राजपुर गाउँ नै आतँकित भएको थियो । लकडाउनका समय सो गाउँका सबै स्थानीय घर बाहिर जिस्किएका थिए ।
राजपुर नगरपालिका मेयर सेख सकिलले डकैती शैलीमा मध्यरातमा प्रहरीले अनावश्यक दुःख दिएको बताए । दुई दिनपछि आउन लागेको मुस्लिमहरुको पर्व ईद उलफित्रलाई प्रभावित बनाउन प्रहरीले षड्यन्त्र गरेको मेयर सकिलले आरोप लगाए ।


ADVERTISEMENT