काठमाडौं –  अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९७ हजार नाघेको छ । अमेरिकामा हालसम्म ९७ हजार ४८ को कोरोना संक्रमणले ज्यान गएको छ ।


ADVERTISEMENT


बीबीसीका अनुसार अमेरिकामा हालसम्म १६ लाख २१ हजार ६५८ को कोरोनाका कारण प्रभावित छन् ।


ADVERTISEMENT

# # #


अमेरिकाको न्युयोर्क सहरमा कोरोना संक्रमणले महामारीको रुप लिएपछि पहिलोपटक सयभन्दा कमको मृत्यु भएको छ । मार्च महिनापछि पछिल्लो २४ घण्टामा पहिलोपटक न्युयोर्कमा सयभन्दा कमको मृत्यु भएको हो ।

न्युयोर्कका गभर्नर इन्ड्रु कुमोले पछिल्लो २४ घण्टामा उक्त सहरमा ८४ जनाको मृत्यु भएको बताएका बीबीसीले जनाएको छ । न्युयोर्क कोरोनाबाट सबैभन्दा धेरै प्रभावित सहर हो । अप्रिलमा यहाँ प्रत्येक दिन हजारभन्दा धेरैको मृत्यु हुन्थ्यो ।

न्युयोर्कमा कोराना संक्रमित र मृत्यु दरमा कमी आए पनि नियन्त्रणमा भने आएको छैन ।