काठमाडौं । नेपाल–भारत सिमा विवाद दिर्घकालिन रुपमा समाधान गर्न दुई देशविच उच्चस्तरीय कुटनीतिक वार्ता हुनुपर्ने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य तथा पुर्व राज्य मन्त्री भगवती चौधरीले बताएकी छिन्


ADVERTISEMENT


विश्व नै कोभिड–१९ को महामारीसँग जुधिरहेको बेला बाहिर खासै निस्कन पाइकी छैन । यो बेला कसरी हुन्छ आफुलाई सुरक्षित गर्न सामाजिक दुरी कायम गर्नुपर्ने भएकोले घरभित्रै रहेर कोरोना महामारीबाट कसरी बच्ने, बचाउने, लकडाउनले आम जनतामा परेको प्रत्यक्ष–अप्रत्यक्ष असरका बारेमा बुझ्ने आफ्नो क्षेत्रका जनतालाई कोरोनाबाट बच्न बचाउन गर्नुपर्ने कामहरु गर्दै वितिरहेको छ । यसका अलावा पछिल्लो राजनीतिक अवस्था, देशको सिमा विवाद, परिस्थितिलाई अध्ययन गर्दै विश्लेषण गरेर दिनहरु वितिरहेको छ ।


ADVERTISEMENT

# # #


यो अत्यन्त दुखःलाग्दो कुरा हो कि एउटा सार्वभौम सत्ता सम्पन्न राष्ट्रको सिमा मिचिएको छ । भारतले नेपालको सिमा एकपल्ट हैन पटक–पटक मिचेको छ । लिम्पियाधुरा, लिपुलेक कालापानीमा मात्र हैन, तराईका समथर फाँटमा वर्षेनी सिमा अतिक्रमण हुन्छ । वर्षेनी त्यहाँका जंगे पिल्लर रातारात सारिन्छन् । १८१६ को सुगौलि सन्धी र त्यसपछिका पुरक सन्धीले नेपालको भौगोलिक धरालत विश्वको मानचित्रमा प्रष्ट रुपमा देखाइसकेको बेला भारतले पटक–पटक नेपाली भूमी अतिक्रमण गर्नु दुखःद् पक्ष हो ।

ठ्याक्कै यहि कारणले नेपाली भूमि अतिक्रमण गरेको यकिन गर्न सकिँदैन । नेपालको भूमी पटक–पटक अतिक्रमण पर्नुमा हाम्र्रो पनी कमजोरी छ । कतिपय भारतको हेपाहा प्रवृत्ति जिम्मेवार भने, कतिपय अवस्थामा दुई देशविचको आन्तरिक बाह्य सुरक्षा, भाषा संस्कृति, आर्थिक, सामाजिक, राजनीतिक कारणहरु छन् । भारत र चीनविचको सम्बन्धका आयामलाई पनि केलाउन सकिन्छ । राजनीतिक रुपमा उसको विस्तारवादी निती पनि होला । नेपालको प्राकृतिक स्रोत साधन प्रति पनि उसको नजर पनि छ ।
भारत नेपालको विकासमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिएको छ । जसले गर्दा उसलाई ‘मैले नेपाललाई नगरे कसले गर्ने, नेपालको म वाहेक को छ र नेपालमा मैले नै गर्ने हो रु’ भन्ने दम्भ पनि देखिएको हो कि रु तर, जमिन र राष्ट्रियतालाई अनुदानमा जोड्न कदापी मिल्दैन । जुन भारतीय पक्षले गर्दै आइरहेको छ ।  

उनले भनिन्  “केही हदसम्म हाम्रो राजनीतिक मुभमेण्ट पनि जिम्मेवार छ । २००७ सालको प्रजातन्त्र स्थापनासँगै नेपालमा भारतको प्रत्यक्षपरोक्ष उपस्थिति छ । राणा विरोधी आन्दोलन सफल पार्न तत्कालिन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको मध्यस्ततामा नेपाली कांग्रेस र राजा त्रिभुवन विच फागुन १ गते दिल्लीमा त्रिपक्षीय सम्झौता भएदेखि भारतले नेपाललाई ‘सानो भाई’ का रुपमा हेरेको छ । त्यसो त हाम्रो राजनीतिक परिवर्तन नै भारतबाट प्रभावित छ । भारत पढ्न गएका नेपाली विद्यार्थीहरुले प्रजा परिषद् र नेपाली कांग्रेसको स्थापना भारतमै गरेका हुन् । वीपी कोइराला, पुष्पलाल जस्ता नेताहरुले राणा शासनको अन्त्यगर्ने जमर्को भारतीय स्वतन्त्रता आन्दोलनबाटै प्रभावित भएर गरेका हुन्” ।

 नेतृ चौधरी भन्छिन् २०१७ साल, २०४६ सालको आन्दोलन, २०५२ सालको शशष्त्र जनयुद्ध, १२ बुँदे सहमति, ०६२र०६३ सालको संयुक्त जनान्दोलन, विस्तृत शान्ति सम्झौता, ०६४ र ०७० सालको संविधानसभा जारी गर्दासम्म पटक–पटक नेपाली राजनीतिमा भारतीय भूमिका छ ।
नेपाल–भारतविच भाषा संस्कार संस्कृतिहरु एक अर्काबाट प्रभावित छन् । भौगोलिक धरातल हेर्दा नेपालको तीनै क्षेत्रमा दुई देशविच खुल्ला सिमाना छ । दुई देशका नागरिक निर्वाध आवतजावत गर्न पाउँछन् । ब्यापारिक हिसाबले हामी ८० प्रतिशत कारोबार भारतसँग गर्छौं । हामी हरेक कुराले भारत निर्भर छौं । जसले गर्दा नेपाललाई भारतले सार्वभौमसत्ता सम्पन्न मुलुकको हिसाबले समकक्षीको ब्यवहार नगरेको हो । ‘सानो भाई’ को ब्यवहार गरेको अनुभूत हुन्छ ।

सिमा संरक्षणको कुरामा नेतृ चौधरी भन्छिन् कॉंडेतार कहिले होला नहोला हाललाई सेना सुरक्षा कडाईका साथ राख्ने र नाकामा गैर कानूनि कामको नियन्त्रण, नियमन गरिनु पर्दछ ।