काठमाडौं – सरकारले संघीय संसदको आजको बैठकमा संविधान संशोधन प्रस्ताव पेश गर्दैछ । प्रतिनिधिसभाको आज दिउँसो २ बजे बस्ने बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।


ADVERTISEMENT


दोस्रो पटक हुन लागेको संविधान संशोधनको प्रस्तावलाई सर्वसम्मत पारित गराउने पहल सरकारले गर्दै आएको छ । लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा अनुसूची ३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो ।


ADVERTISEMENT

# # #