काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि नयाँ बजेट ल्याएको छ । बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्षका लागि खर्च र आयको अनुमानित विवरण संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेका हुन् ।


ADVERTISEMENT


उनले १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट पेश गरेका हुन् । आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको छ ।


ADVERTISEMENT

# # #


सरकारले आगामी वर्षका लागि ल्याएको बजेटको स्रोत व्यवस्थापनका लागि खर्चको स्रोत व्यवस्थापन तर्फ राजश्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ६० अबै ५२ करोड रुपैयाँ व्यवस्थापन गर्ने भएको छ । त्यस्तै वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड जुटाउने र अपुग २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने भएको छ ।

समग्रमा यस वर्ष बजेटको आकार घटेको छ । अघिल्लो वर्षको भन्दा यो वर्षको बजेट करिब ५८ अर्बले कम रहेको छ ।

सरकारले अघिल्लो वर्ष अर्थात् चालू आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्बको बजेट ल्याएको थियो । जसअन्तर्गत चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख अर्थात ६२.४ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख अर्थात २६.६ प्रतिशत र वित्तीयय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ अर्थात ११ प्रतिशत बजेट विनियोजन गरिएको थियो ।

कुन क्षेत्रमा कती ?

यस वर्ष स्वास्थ्य क्षेत्रको बजेट उल्लेख्य रुपमा सुधार भएको छ । अघिल्लो वर्ष स्वाथ्य क्षेत्रमा ६८ अर्ब ७८ करोड बजेट छुट्याइएको थियो भने यस वर्ष ९० अर्ब ६९ करोड बजेट विनियोजन गरिएको छ । अघिल्लो वर्षको भन्दा यस वर्ष स्वास्थ्य क्षेत्रमा २१ अर्ब ९१ करोड बजेट बढाइएको हो ।

यता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पनि १५ अर्बले घटेको छ । खानेपानी तथा सरसफाई क्षेत्र, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको युवा तथा खेलकुद क्षेत्रको बजेट घटेको छ । अघिल्लो वर्ष खानेपानी तथा सरसफाईका लागि ४३ अर्ब ४६ करोड बजेट छ्ट्याईको थियो । यस वर्ष ४३ अर्ब १० करोड विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले जानकारी दिए । यस वर्ष ३६ करोड बजेट घटेको हो ।

यस्तै अघिल्लो वर्ष युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ९९ करोड बजेट विनियोजन गरिएको थियो भने यस वर्ष २ अर्ब ३६ करोड छुट्याइएको छ । युवा तथा खेलकुद क्षेत्रको बजेट यस वर्ष डेढ अर्बले घटेको हो ।

आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री खतिवडाले निम्न अनुसारको बजेट विनियोजन गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या क्षेत्र  : ९० अर्ब ६९ करोड बजेट (२१ अर्ब ९१ करोडबजेट वृद्धि )

शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्र : १ खर्ब ७१ अर्ब ७१ करोड (८ अर्ब वृद्धि)

भौतिक पूर्वाधार तथा यातायात क्षेत्र : १ खर्ब ३८ अर्ब ८० करोड (१५ अर्ब घट्यो)

कृषि क्षेत्र: ४१ अर्ब ४० करोड (६ अर्ब ६० करोड बजेट वृद्धि )

खानेपानी तथा सरसफाई क्षेत्र : ४३ अर्ब १० करोड (३६ करोड बजेट घट्यो)

सहरी विकास क्षेत्र : ३७ अर्ब ८० करोड

सिचाईं क्षेत्र : २७ अर्ब ९६ करोड (४ अर्ब ३३ करोड बजेट वृद्धि )

महिला बालबालिका तथा जेष्ठ नागरिक क्षेत्र : १ अर्ब १४ करोड (३६ करोडबजेट वृद्धि )

युवा तथा खेलकुद क्षेत्र : २ अर्ब ३६ करोड (१ अर्ब ६३ करोड बजेट घट्यो )

हवाई : १९ अर्ब ४२ करोड (४ अर्ब बढ्यो)

पुनर्निमाण : ५५ अर्ब (८६ अर्ब घट्यो)

प्रधानमन्त्री रोजगार कार्यक्रम : ११ अर्ब ६० करोड (६ अर्ब ५९ करोड वृद्धि)

पर्यटन पूर्वाधारका लागि : १ अर्ब २६ करोड

ब्याज, कर्जा सरक्षुण तथा बीमा प्रिमियम अनदानको लागि : १३ अर्ब ९६ करोड

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि : ६ अर्ब

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि : १ अर्ब ५५ करोड

राष्ट्रिय जनगणना,२०७८ का लागि : ३ अर्ब

बजेटको पूर्णपाठ :