काठमाडौँ – नेपालमा एकैदिन थप १७० जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार (आज) थप १७० जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मोरङको विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २७ जनालाई पोजेटिभ देखिएको छ । उनीहरु झापाको कचनाकवलका १८ देखि ४१ वर्षका २४ जना पुरुषहरु रहेका छन् भने झापाकै तयारी भिट्टाका २४ देखि ५४ वर्षका ३ जना पुरुष रहेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ५ जना पोजेटिभ देखिएका छन् । जसमध्ये सप्तरी राजविराजका २० देखि २६ वर्ष उमेरका ४ जना पुरुष रहेका छन् भने झापा भद्रपुरका ३४ वर्षीय १ जना पुरुष रहेका छन् । यस्तै पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ जना कोरोना संक्रमित पाइएका छन् । उनीहरुमध्ये बारा पचरौटास्थित राष्ट्रिय मावि क्वारेन्टाइनमा रहेका २७ देखि ४५ वर्षीय ४ जना पुरुष रहेका छन् भने पर्सा पोखरियाका २१ देखि ४२ वर्षका ४ जना पुरुष रहेका छन् । यस्तै पर्साकै जिराभवानीका ३४ वर्षीय १ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै ललितपुरको पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सर्लाहीकी ३१ वर्षीय महिलामा कोरोना पुष्टि भएको छ । प्रवक्ता डा. देवकोटाका अनुसार उनी हाल पाटन अस्पतालमै रहेकी छन् । यस्तै पोखरास्थित गण्डकी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा म्याग्दी मालिकाका ३० वर्षीय १ जनालाई पोजेटिभ देखिएको छ ।

यस्तै बाँकेको भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु सबै बाँके डुडुवाका १७ देखि ४१ वर्षसम्म्का पुरुषहरु हुन् ।

यस्तै चितवनको भरतपुरस्थित भरतपु अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ६ जनालाई पोजेटिभ देखिएको छ । कपिलवस्तुको कपिलवस्तु नगरपालिकाका २३ देखि २६ वर्षीय ४ जना पुरुष र यस्तै नवलपरासी बर्दघाट सुस्तापूर्व देवचुलीका १९ र २१ वर्षीय २ जना पुरुष रहेका छन् ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ८४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । जसमध्ये कपिलवस्तुको यशोधरास्थित भृकुटी मावि कृष्णनगरको क्वारेन्टाइनमा रहेका २३ जना रहेका छन् ।

यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २१२ पुगेको छ । जसमध्ये ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ वर्षीय महिला, बाँकेका २५ वर्षीय युवा, गुल्मीका ४१ वर्षीय पुरुष, बाराका ७० वर्षीय पुरुष, ललितपुर महानगरपालिका वुङमती–२२ का ५६ वर्षीय पुरुष र अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ३५ वर्षीय पुरुष रहेका छन् ।

जेठ ११ गते नै मृत्यु भएका अर्घाखाँचीका पुरुषको बिहीबार मात्रै संक्रमण पुष्टि भएको थियो ।

२०६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । डिस्चार्ज हुनेमध्ये पुरुष १६२ र महिला ४४ जना रहेका छन् ।