काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट भएको यो छैटौँ मृत्यु हो ।


ADVERTISEMENT


मृत्यु हुनेमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ३५ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार उनको गत जेठ १० गते मृत्यु भएको थियो । भारतमा काम गर्दै आएका उनको नेपाल आउने क्रममा मृत्यु भएको प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


नेपाल प्रवेश गरेसँगै उनको जेठ ११ गते नै स्वाबको नमूना लिइएको थियो । तर, बिहीबार (हिजो) मात्र उनको रिपोर्ट पोजेटिभ आएको हो ।

यससंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । मृत्यु हुनेमा आज पुष्टि भएका एकबाहेक सिन्धुपाल्चोककी २९ वर्षीय महिला, बाँकेका २५ वर्षीय युवा, गुल्मीका ४१ वर्षीय पुरुष, बाराका ७० वर्षीय पुरुष र ललितपुर महानगरपालिका वुङमती–२२ का ५६ वर्षीय पुरुष रहेका छन् । ललितपुरका मृतकमा बिहीबार मात्रै संक्रमण पुष्टि भएको थियो ।

नेपालमा हाल संख्या १ हजार २१२ कोरोना संक्रमित रहेका छन् । जसमध्ये २०६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।