पर्सा- पर्साको सखुवाप्रसौनी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा शनिबार एक ६० वर्षीया महिला र १८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायले जानकारी दिनुभयो ।


ADVERTISEMENT


दुबै संक्रमित गत जेठ १३ मा भारतबाट नेपाल फर्किएका थिए । सखुवाप्रसौनी गाउँपालिकाले भारतबाट फर्किएकालाई श्री दिपनारायण आर्दश माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएको छ ।


ADVERTISEMENT

# # #