काठमाडौँ – नेपालमा एकैदिन थप १८९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार (आज) थप १८५ पुरुष ४ महिला गरी १८९ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १२४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । संक्रमण देखिनेमध्ये धनुषाका २० देखि ४२ उमेरका ७ जना पुरुषहरु, झापाका ४५ वर्षीय एकजना पुरुष, कपिलवस्तुका १६ देखि ६० वर्षका ७७ जना पुरुषहरु, ललितपुरकी २३ वर्षीय एक जना महिला रहेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै महोत्तरीका २५ देखि ५५ वर्षीय ४ जना पुरुषहरु, रौतहटका १८ देखि ४५ वर्षका ६ जना पुरुषहरु, सर्लाहीका १६ देखि ४० वर्षसम्मका १७ जना पुरुषहरु र सिरहाका १७ देखि ४० वर्षसम्म्का ११ जना पुरुषहरुमा पनि कोरोना पुष्टि भएको प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा २६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमध्ये कपिलवस्तु यशोधराका २९ देखि ५० वर्षीय पुरुषहरु रहेका छन् ।

यस्तै सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ९ जनाको पोजेटिभ आएको छ । उनीहरु एक जना महिलासहित सबै १८ देखि २८ वर्षीय सिरहाका रहेका छन् ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ८ जनाको पोजेटिभ आएको छ । उनीहरुमध्ये कपिलवस्तु विजयनगरका २६ देखि ५२ वर्षीय ३ जना पुरुष रहेका छन् भने हापुरे दाङका एक जना ३० वर्षीय पुरुष र बगलाचुली दाङकै २७ देखि ३८ वर्षीय ३ जना पुरुष र २८ वर्षीय १ जना महिला रहेका छन् ।

यस्तै पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनाको पोजेटिभ आएको छ । उनीहरुमध्ये बारा हर्दियाका २४ वर्षीय १ जना र पर्सा पसौनीका १८ वर्षीया पुरुष र ६० वर्षीया महिला रहेको प्रवक्ता डा. देवकोटाले बताए । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु सबै दैलेखका १७ देखि ५० वर्षसम्मका पुरुषहरु हुन् ।

यस्तै मोरङको कोशी अस्पताल, विराटनगरमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमध्ये संखुवासभा खाँदबारीका २३ वर्षीय १ जना पुरुष र संखुवासभाकै पाँच खपनका २२ वर्षीय १ जना पुरुष रहेका छन् ।

यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४०१ पुगेको छ । संक्रमितमध्ये १ हजार २८८ पुरुष र ११३ जना महिला रहेको प्रवक्ता डा. देवकोटाले जनाए । जसमध्ये ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ वर्षीय महिला, बाँकेका २५ वर्षीय युवा, गुल्मीका ४१ वर्षीय पुरुष, बाराका ७० वर्षीय पुरुष, ललितपुर महानगरपालिका वुङमती–२२ का ५६ वर्षीय पुरुष र अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ३५ वर्षीय पुरुष रहेका छन् । जेठ ११ गते नै मृत्यु भएका अर्घाखाँचीका पुरुषको बिहीबार मात्रै संक्रमण पुष्टि भएको थियो ।

२१९ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।