रोल्पा – रोल्पाको त्रिवेणी गाउँपालिकामा–७ गुडिमधारामा चट्याङ पर्दा दुई महिलाको मृत्यु भएको छ ।


ADVERTISEMENT


स्थानीय सबिन बुढा मगरको घरमा शुक्रबार बिहान चट्याङ पर्दा उनकी श्रीमती २१ वर्षीया आशा बुढा र फुपु ७५ वर्षीया खिरमाली बाठाको मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


चट्याङ पर्दा बेहोस भएका उनीहरुको उपचारको लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।