ब्रसेल्स –  यूरोपेली संघ (इयू) का प्रमुख कार्यकारी अधिकारी तथा उच्च कुटनीतिज्ञले शनिबार एक विज्ञप्ति जारी गरी विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई आफ्नो समूहको सहयोग निरन्तर रहने बताएका छन् ।


ADVERTISEMENT


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार महममारीका समय डब्लूएचओको भूमिकामाथि प्रश्न गर्दै अमेरिकाले उक्त संस्थालाई दिँदै आएको बजेटलाई अन्यत्र लगानी गर्ने तर विश्व स्वास्थ्य संगठनलाई भने नदिने घोषणा गरेपछि इयूको धारणा सार्वजनिक भएको हो ।


ADVERTISEMENT

# # #


इयूले अमेरिकालाई डब्लूएचओबारे शुक्रबार सार्वजनिक निर्णयमा पुनःविचार गर्न आग्रह गरेको छ ।