बेल्जियम –  लकडाउनका सयमा स्पेनको एक पार्टीमा सहभागी भएका बेल्जियमका राजकुमार योआखिमलाई कोरोना भाइरसको संक्रमण भएको छ । बेल्जियमको राजदरबारका अनुसार २८ वर्षीय राजकुमारलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो । उनी मे २६ मा इन्टर्नसिपका लागि बेल्जियमबाट स्पेन गएको दरबारले जनाएको छ ।


ADVERTISEMENT


त्यसको दुई दिनपछि उनी स्पेनको दक्षिणी सहर कोर्दोबामा भएको एक पार्टीमा सहभागी भएका थिए । त्यसबेलासम्म उनको परीक्षण भएको थिए । बेल्जियमका राजा फिलिपेका भतिज राजकुमार योआखिम सहभागी भएको पार्टीमा २७ जना रहेको स्पेनिस सञ्‍चारमाध्यमले जनाएका छन् ।


ADVERTISEMENT

# # #