रूपन्देही — गुल्मीको छत्रकोट गाउँपालिका–४ दिगामस्थित आदर्श माविको क्वारेन्टाइनमा ५६ वर्षीय चन्द्रबहादुर परियारले शनिबार साँझ आत्महत्या गरेका छन् । उनी भारतबाट शनिबार बिहान मात्र आइपुगेर क्वारेन्टाइनमा बसेका थिए ।

साँझ परेपछि शौचालय जान्छु भनेर नजिकैको झाडीतर्फ गएका उनी धेरै बेरसम्म नआएपछि खोजी गर्दा २ सय मिटर टाढाको रूखमा झुन्डिएको अवस्थामा फेला परेको वडाध्यक्ष डिलाराम न्यौपानेले बताए ।


ADVERTISEMENT


परियार अरू ६ जनासँगै दिल्लीबाट आएर क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनमा ३० जना थिए । गाउँपालिकाको स्वास्थ्यकर्मीको समूहले शनिबार साँझ उनीहरूको स्वास्थ्य परीक्षण सुरु गरेलगत्तै परियार शौचालय जाने भनेर हिँडेका थिए । स्वास्थ्य परीक्षणमा उनी उपस्थित नभएपछि खोजी गर्दै घरमा पुग्दासमेत नभेटिएपछि परिवारकै सल्लाहमा जंगलमा खोजेको वडा अध्यक्ष न्यौपानेले बताए ।


ADVERTISEMENT

# # #


परिवारका अनुसार उनले यसअघि पनि आत्महत्याको प्रयास गरेका थिए ।