काठमाडौं-  बलिऊडका चर्चित संगीतकार वाजिद खानको निधन भएको छ । मृगौला पीडित ४२ वर्षीय खानमा पछिल्लो समय कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो । यद्दपी कोरोना सङ्क्रमणबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन् ।


ADVERTISEMENT


‘साजिद वाजिद’को नामले चर्चित संगीतकारमध्ये वाजिदको निधनले ठूलो क्षति भएको जनाउँदै अर्का संगीतकार सलिम मर्चेन्टले वाजिदको निधनको पुष्टि गरेका हुन् । मृगौलामा सङ्क्रमण भएपछि उहाँ पछिल्लो चार दिनदेखि भेन्टिलेटरमा हुनुहुन्थ्यो । केही दिनअघि मात्रै उनको मृगौला प्रत्यारोपण गरिएको थियो । मुम्बईस्थित चंगुरको अस्पतालमा उनलाई भर्ना गरिएको थियो ।


ADVERTISEMENT

# # #


सन् १९९८ मा बलिऊडमा ‘प्यार किया तो डरना क्या’ फिल्मबाट आफ्नो संगीत जिवनको सुरुवात गर्नुभएको साजिद वाजिदका वाजिदले ‘दबङ्ग’, ‘वान्टेड’ र ‘मुझसे शादी करोगी’ जस्ता चर्चित फिल्ममा संगीत दिएका थिए ।
बलिऊडका अभिनेता तथा अभिनेतृले उहाँको निधनप्रति सम्वदेना प्रकट गरेका छन् । चर्चित गायक सोनु निगमले पनि वाजिदको निधनप्रति समवेदना प्रकट छन् ।