काठमाडौँ – कर्णाली प्रदेशमा थप ७६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जुम्लास्थित कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेतस्थित प्रादेशिक अस्पताल र पशुपंक्षी रोग अन्वेषणा प्रयोगशालामा गरिएको परीक्षणमा थप ७६ जनामा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


सुर्खेस्थित स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ४३ जनामा कोरोना देखिएको छ । जसमध्ये दैलेखको नारायण नगरपालिकाका १७ देखि ३५ वर्षका ९ जना पुरुष रहेका छन् । यस्तै दैलेखकै दुल्लु नगरपालिकाका २ वर्षीय बालकसहित २० देखि ३९ वर्षीय ५ पुरुष र २३ र ३० वर्षीय दुई महिला गरी ७ जनामा पनि कोरोना देखिएको महाशाखा प्रमुख डा. तिवारीले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


यस्तै दैलेखकै सिमडाका २४ र २९ वर्षीय पुरुष, देवलकाँडाका १८, २४ र ३८ वर्षीय पुरुष, सोतका २२ वर्षी पुरुष, साडुका ३५ वर्षीय पुरुष र जुकेपानीका ६० वर्षीय गरी ८ जना पुरुष रहेका छन् । यस्तै जुम्लामा पनि कोरोना देखिएको छ । जसमा जुम्लाको हिमाका २३ देखि ५९ वर्षसम्मका ८ जना पुरुष सिंजाका १२ देखि ४५ वर्षसम्मका ९ जना गरी १७ जना पुरुष रहेका छन् । यस्तै जुम्ला प्रहरी कार्यालयका २७ र ३४ वर्षीय २ पुरुषमा पनि कोरोना पाइएको छ ।

सुर्खेतस्थित प्रादेशिक अस्पताल र पशुपंक्षी रोग अन्वेषणा प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये दैलेखको नारायण नगरपालिकाका १० देखि ३६ वर्षसम्मका १६ जना रहेका छन् भने दैलेखकै महाबु गाउँपालिकाका २५ वर्षीय एक पुरुष रहेका छन् ।

यस्तै सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका २० देखि ४० वर्षसम्मका १० जना पुरुषमा पनि कोरोना देखिएको छ । यस्तै सुर्खेतको बराहताल गाउँपालिकाका २० देखि २६ वर्षसम्मका ५ जना पुरुषमा पनि कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या १९८ पुगेको छ । जसमध्ये दैलेखको दुल्लु नगरपालिकाका ३५ वर्षीय १ जना पुरुषको मृत्यु भइसकेको छ ।