काठमाडौँ – नेपालमा एकैदिन थप २२६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् ।


ADVERTISEMENT


देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप २१३ पुरुष र १३ महिला गरी २२६ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा दुई जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु झापा बाह्रदशीका ३२ र ४६ वर्षीय पुरुष रहेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा नवलपरासी कावासोती पूर्वका २२ र ३६ वर्षीय २ जना पुरुषको रिर्पोट पोजेटिभ आएको छ । यस्तै नवलपरासी पूर्वकै विणा त्रिवेणीका १४ वर्षीय बालक रहेका छन् ।

यस्तै आजै कर्णाली प्रदेशका जुम्ला, सल्यान, दैलेख र सुर्खेतमा  ७५ जना कोरोना संक्रमित थपिएका छन् ।  यस्तै काभ्रेको धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा २० जनाको रिर्पोट पोजेटिभ आएको छ । उनीहरुमध्ये कपिलवस्तु वाणगंगाका ३१ र ३८ वर्षीय २ जना महिला रहेका छन् भने रौतहट परौवाका १९ देखि ४५ वर्षका १४ जना पुरुष रहेका छन् । यस्तै रौतहटकै यमुनामाई गाउँपालिकाका २० वर्षीय १ महिला र २२ देखि ३५ वर्ष उमेरका ३ पुरुष गरी ४ जना रहेका छन् ।

यस्तै बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनाको पोजेटिभ आएको छ । उनीहरु बाँके डुडुवाका १७ देखि ३५ वर्ष उमेरका पुरुष रहेका छन् । यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ९ जनाको पोजेटिभ आएको छ । जसमध्ये दाङ तुलसीपुर उपमहानगरपालिकाका १८ देखि ३२ वर्षीय ५ जना पुरुष, गढवा गाउँपालिकाका २४ र ३६ वर्षीय २ जना पुरुष, लमहीका ४० वर्षीय पुरुष र राप्ती गाउँपालिकाका ३६ वर्षीय पुरुष रहेका छन् ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा ९२ जनाको पोजेटिभ आएको छ । उनीहरुमध्ये धनुषा धनौजीका १८ देखि ४८ वर्षका ४ जना पुरुषहरु, हंशपुरका १९ र २० वर्षीय २ जना पुरुषहरु, जनकपुर अस्पतालका २१ वर्षीय १ जना पुरुष रहेका छन् । यस्तै कपिलवस्तुको शिवराजको क्वारेन्टाइनमा रहेका १९ देखि ५५ वर्षका १२ जना पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ । यस्तै कपिलवस्तुकै हरिहरपुरका १९ दृखि ३८ वर्षका ८ जना पुरुष रहेका छन् भने कपिलवस्तु महाराजगञ्जका ३० र ३३ वर्षीय २ पुरुष, कपिलवस्तुकै रंगिलाल माविको क्वारेन्टाइनमा रहेका १७ देखि ३५ वर्षसम्मका ११ जना पुरुषहरु रहेको प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।

यस्तै कपिलवस्तुको चन्द्रौटाको राष्ट्रिय मावि क्वारेन्टाइनमा रहेका ४२ वर्षदेखि ४८ वर्षका ३ जना पुरुषहरु र कपिलवस्तुकै रघु सामुदायिक स्कुल क्वारेन्टाइनमा रहेका २७ र ४६ वर्षीय पुरुष रहेका छन् । यस्तै महोत्तरी लहोरपट्टी क्वारेन्टाइनमा रहेका १८ वर्षका २ जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ । यस्तै मकवानपुरका ६१ वर्षीय १ जना पुरुष, सर्लाहीको जनता मावि क्वारेन्टाइनमा रहेका ९ वर्षीया बालिकासहित २७ वर्षसम्मका ५ जना महिला र ११ वर्षका बालक देखि ७५ वर्ष उमेरका ३३ जना पुरुषमा पनि कोरोना देखिएको छ । यस्तै सिरहाकास सूर्यनारायण सत्यनारायण क्वारेन्टाइनमा रहेका १८ देखि ६० वर्षका ५ जना पुरुष रहेका छन् । यस्तै हाल जनकपुर अस्पतालमा रहेका उदयपुरका ३१ वर्षीय पुरुषमा पनि पोजेटिभ देखिएको छ ।

यस्तै कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १८ जनाको पोजेटिभ आएको छ । जसमध्ये अछामका १ वर्षका बालक, कैलालीका २ देखि २८ वर्ष उमेरका ३ महिलासहित १४ जना, वैतडीका ३४ वर्षीय पुरुष, डोटीका २५ वर्षीय १ जना पुरुष र कञ्चनपुरका ११ महिनाका एक जना बालक रहेका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको १७९८  संख्या पुगेको छ । कुल संक्रमितमध्ये २२१ जना उपचारपछि निको भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ वर्षीय महिला, बाँकेका २५ वर्षीय युवा, गुल्मीका ४१ वर्षीय पुरुष, बाराका ७० वर्षीय पुरुष, ललितपुर महानगरपालिका वुङमती–२२ का ५६ वर्षीय पुरुष, अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ३५ वर्षीय पुरुष, दैलेखको दुल्लु नगरपालिकाका ३५ वर्षीय पुरुष र बाजुराकी २ वर्षीया बालिकाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।