काठमाडौं –  सिंगापुरले आजबाट लकडाउनमा छुट दिएको छ । आजबाट सिंगापुरमा विद्यार्थी विद्यालय जान सक्नेछन् ।


ADVERTISEMENT


उत्पाद र निर्माण क्षेत्र पनि केही सर्तसहित खोल्न अनुमति दिइएको बीबीसीले जनाएको छ ।
कोरोना महामारीको शुरुआती दिनमा सिंगापुर कोरोना भाइरस रोकथामको लागि सफल मोडेल अपनाएको थियो । तर अप्रिलमा सिंगापुरमा कोरोनो संक्रमण फेरि फैलियो र सरकारले कडा कदम चाल्यो ।


ADVERTISEMENT

# # #


दोस्रो चरणमा सिंगापुरमा आप्रवासी कामदारहरूमा कोरोना संक्रमण फैलियो । त्यसपछि पुनः सिंगापुरले लकडाउनमा छुट दिएको हो ।

सिंगापुरमा ३५ हजार २९२ जनामा कोरोना संक्रमण देखिसकेको छ । २४ जनाको मृत्यु भइसकेको छ ।