काठमाडौँ– निर्वाचन आयोगले आज प्रदेश र प्रतिनिधिसभा निर्वाचन मितिबारे आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ ।


ADVERTISEMENT


सरकारले संघ र प्रदेशको निर्वाचन २ चरणमा गर्ने निर्णय तथा निर्वाचन क्षेत्र निर्धारण आयोगले हिजो सरकारलाई प्रतिबेदन बुझाएपछिको अबस्थाबारे आयोगले आज धारणा सार्बजनिक गर्न लागेको हो । निर्वाचनसँग सम्बन्धित कानुन तथा क्षेत्र निर्धारण आयोगको प्रतिबेदन प्राप्त नहुँदा निर्बाचनको सम्भावना टर्दै गएको जनाएको आयोगलाई पछिल्लो प्रगतीले भने केही राहात मिलेको छ ।


ADVERTISEMENT

# # #


सरकारले संघ र प्रदेशसभाको निर्वाचनका सर्न्दभमा हिजो गरेको निर्णय तथा क्षेत्र निर्धारण आयोगको प्रतिबेदन आयोगलाई प्राप्त हुनासाथ आयोग पदाधिकारीको बैठकबसी औपचारिक धारणा तय गर्ने आयोग श्रोतले जनाएको छ । केही बिषयमा सरकारले आयोगको अपेक्षाअनुकुलको निर्णय गरेपनि निर्वाचनसंग सम्बन्धित कानुन संसदमा अड्किएपछि आयोगले निर्वाचन प्रक्रिया भने सुरु गर्न सकेको छैन् ।

प्रमुख निर्वाचन आयुक्त अयोधि प्रसाद यादबले तत्काल यी कानुन संसदबाट पारित नभए निर्वाचन प्रभाबित हुने बताउदै आएका छन् ।