काठमाडौँ – संघीय संसद राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले आगामी चैत्रसम्मको बैठक र मुलुकभित्रको भ्रमण भत्ता नलिने घोषणा गरेका छन् ।


ADVERTISEMENT


बिहीबार संघीय संसदको आर्थिक प्रशासन शाखालाई एक लेख्दै अध्यक्ष तिमिल्सिनाले यही जेठ २२ गते (आज)देखि आगामी चैत्र मसान्तसम्म राष्ट्रिय सभाको बैठक भत्ता तथा विभिन्न कामको सिलसिलामा मुलुकभित्र भ्रमण गर्दा समेत कुनै पनि भ्रमण भत्ता नलिने घोषणा गरेका हुन् । भत्ताबाट आउने रकम नेपाल सरकारको राजस्व खातामा जम्मा गरिदिन पनि उनले संसद सचिवालयलाई अनुरोध गरेका छन् ।


ADVERTISEMENT

# # #


मुलुक कोरोना भाइरस संक्रमणको महामारी विरुद्ध लडिरहेको सन्दर्भमा सार्वजनिक खर्चमा मितव्ययीता ल्याउनको लागि यस्तो घोषणा गरिएको उनले बताएका छन् ।

यसअघि अध्यक्ष तिमिल्सिनाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा पनि एक महिनाको तलब बराबरको रकम जम्मा गरेका थिए ।