लन्डन — लन्डनस्थित नेपाली दूतावासले बेलायतबाट स्वदेश फर्कन चाहनेका लागि सूचना जारी गरेसँगै नाम टिपाउने क्रम बढेको छ । बिहीबार साँझसम्म २ सय ३० जनाले नाम दर्ता गराएको दूतावासले जनाएको छ ।


ADVERTISEMENT


शुक्रबारसम्म नाम दर्ताको समयसीमा भएकाले फर्कन चाहनेहरू ३ सयजति पुग्ने अनुमान गरिएको दूतावासका उपनियोग प्रमुख शरदराज आरनले बताए । इमेल र वेबसाइटबाट पनि दर्ताको व्यवस्था मिलाइएको छ । नेपाल फर्कन चाहनेमा विश्वविद्यालयका विद्यार्थी, घुम्न आएकाहरू, प्रशिक्षणका लागि आएका अर्धसरकारी कर्मचारी, परीक्षाका लागि आएका चिकित्सक, घरेलु कामदारलगायत छन् ।


ADVERTISEMENT

# # #


 

विद्यार्थीहरू जागिर गुमेको र पढाइ पनि अनिश्चित कालका लागि स्थगित भएपछि आत्तिएका छन् । पानीजहाजमा कार्यरत करिब दुई दर्जन नेपाली पनि लकडाउनले फसेको बताइएको छ ।