विराटनगर – अहिले विश्व नै कोरोना भाईरसको महामारी लाई झेलिरहेको छ । यो बेला संसारका मानिसहरु लकडाउनमा छन् । नेपालले पनि हाल लक डाउनको सामना गरिरहेको ७४ दिन भईसकेको छ ।


ADVERTISEMENT


यस्तो बेलामा सबै भन्दा बढि मार्का गरिब तथा दैनिक ज्याला मजदुरी गर्न मानिसहरु लाई पर्न गएको छ । यो बेलामा भने देश भरिका गरिब तथा ज्याला मजदुरीहरुको दुःखको सारथी बनेको छ, दुःखको साथी नेपाल ।


ADVERTISEMENT

# # #


उक्त संस्थाले करिब ५०० भन्दा बढी परिवारहरुलाई दाल, चामल, नुन, तेल, साबुन, स्याम्फु लगायतका दैनिक उपभोग्य सामानहरु सहयोग गरेको संस्थाका महासचिव वाशु नेपालले हिमालयपोष्टलाई बताए । उनले भने, ‘हामी निरन्तर सामाजिक सेवाको कार्यमा लागिरहेका छौं ।’

राहत बितरण कार्यक्रम लाई समन्वय र सहजीकरणको लागि संस्थाका सल्लाहकारहरु पर्शुराम बस्नेत, विनोद ढकाल, मोति दुगड, देवकिसन मुन्द्डा, भीम घिमिरे, तिर्थेन्द्र न्यौपाने लगायत सिङ्गो सल्लाहकार टिमप्रति हार्दिक आभार तथा यस कार्यलाई सफलता प्रदान गर्न निरन्तर लागिपर्नुभएका सल्लाहकार भगवान थापा, कोषाध्यक्ष करुणा दाहाल, सदस्यहरु सुरज श्रेष्ठ, रन्जन उपाध्याय लगायत संस्थाको समग्र टिमप्रती हार्दिक आभार सहित धन्यवाद व्यक्त गरेका थिए ।

अध्यक्ष जया पोखरेलले यो माहामारीको दुखद् घडीमा संस्थाले देशको दुखको साथीकै रुपमा सेवा गरिरहेको हिमालयपोष्टलाई बताइन् । अध्यक्ष पोखरेल भनिन्न् अबको बाकि रहेको जिवन गरिब,दुखी र असायहरुको सेवामा बिताउने उद्घोष गरेकी छन् ।