एजेन्सी – रुसका राष्ट्रपति भलाद्मिर पुटिनले आर्टिकल सर्कलभित्र पर्ने नदीमा २० हजार टन डिजेल चुहावट भएपछि देशभर आपतकाल घोषणा गरेका छन् ।


ADVERTISEMENT


गत शुक्रबार साइबेरियन सहर नोरिल्स्क नजिकैको पावर प्लान्टको ट्यांकीमा क्षती भएपछि यत्रो मात्रामा डिजेल चुहावट भएको बीबीसीले जनाएको छ । प्लान्टको स्वामित्व नोरिल्स्क निकेलको एक सहायक कम्पनीसँग रहेका छ, जुन विश्वकै एक अग्रणी निकल र प्यालेडियम उत्पादक मानिन्छ ।


ADVERTISEMENT

# # #


प्लान्टको एउटा खम्बा ढलेकाले दुर्घटना भएको र करिब ७.५ माइल (१२ किलोमिटर) टाढासम्म तेल चुहिएको बताइएको छ । गत आइतबार दुर्घटना भएको क्षेत्रका गर्भनर अलेक्जेन्डर उशले राष्ट्रपति पुटिनलाई तेल पोखिएको विषयमा सामाजिक सञ्जालमा देखिएको सूचनाले आफू सर्तक बनेको बताएका थिए। गत बुधबारको एक भिडियो कन्फेरेन्समा पुटिनले कम्पनीका मालिकमाथि आक्रोश पोख्दै घटनाको अनुसन्धान गर्न आदेश दिएका छन्

पुटिनले भने, “सरकारी एजेन्सीहरुले तथ्यको दुई दिनपछि मात्रै यसका बारेमा किन पत्ता लगाए रु के हामीले सामाजिक सञ्जालबाट आतपकालका बारेमा थाहा पाउने ?” उक्त घटनाको बारेमा मस्को अधिकारीहरुलाई जानकारी दिन दुई दिन ढिला गरेको भन्दै रसियन अनुसन्धान समिति (एसके) ले प्रदुषण र लापरबाहीको अपराधमा मुद्दा लगाउको छ । घटनापछि प्लान्टका डाइरेक्टर व्याचेस्लभ स्टारोस्टिनलाई कस्टडीमा राखिएको छ ।

ठूलो संख्यामा तेल नदीमा मिसिएपछि त्यसले नोरिल्स्कस्थित अम्बार्नय नदीको रंगलाई नै रातोमा परिणत गरिदिएको छ । घटनापछि आर्किटिक सर्कलको अवस्था नाजुक बनेको र भोलिका दिनमा आर्किटिक सर्कलको वातावरणलाई नै क्षती पुर्‍याउन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् ।

बीबीसीको रिपोर्टका अनुसार तेलको चुहावटले ३५० वर्गकिलोमिटर क्षेत्रलाई प्रदूषित गरेको छ । विज्ञहरुले नदीलाई सफा गरेर पूर्ववत अवस्थामा ल्याउन ५ देखि १० वर्षसम्म लाग्ने र त्यसका लागि १.५ बिलियन अमेरिकी डलर खर्च हुने अनुमान गरेका छन् ।

यो घटना आधुनिक रुसको इतिहासकै दोस्रो ठूलो तेल चुहावट रहेको विश्व वन्यजन्तु कोषका विज्ञ एजेक्जी निझानिकोवले एएफपी समाचार एजेन्सीलाई बताएका छन् ।