लाखौँ प्रवासी नेपालीको व्यथा बोकेको प्रभावन जेको ‘आउछु फर्केर’ बजारमा (भिडियो सहित)


ADVERTISEMENT


काठमाडौँ – कोरोना को महामारीमा विदेशी भूमिमा रहेका नेपालीहरुको पीडालाई समेटेर तयार पारिएको प्रभावन जेको लोक तथा दोहोरी गीत ‘आउछु फर्केर’ सार्वजनिक भएको छ ।


ADVERTISEMENT

# # #


डीएआर मुभिजले बजारमा ल्याएको उक्त गीतमा लोक तथा दोहोरी गायक, सर्जक प्रभावन जेको शब्द , लय र स्वर रहेको छ भने स्मृति गौतमले उनलाई स्वरमा साथ दिएकी छन् ।

जीवन बडूको एरेन्ज रहेको गीतको भिडियोमा सरोज दाहाल र अनु पराजुलीको अभिनय रहेको छ । क्यामेरा पिटर गुरुङ, सम्पादन नबिन भट्ट, कला राजाराम गौतम र व्यवस्थापन विवेक चौलागाईंले गरेका छन् । भिडियो निर्देशन प्रभावन जेकै रहेको छ । भिडियो निर्माणमा विशेष सहयोग नकुल राउत र कलाकार श्याम धिताल ले गरेका छन् ।

केही समय पहिले प्रभावन जेको टिमले सामाजिक सचेतनामुलक गीतहरु ‘कालापानी’, ‘कोरोना (कोभिड–१९)’, ‘घरमै बसौँ न’ को साथमा चेतनामुलक छो बजारमा ल्याएको थियो ।

यो गीतले सबै नेपालीको घरको कथा बोकेकाले सम्बन्धित निकायको ध्यान पुर्याउने उद्देश्यले बजार व्यवस्थापन गरेको डीएआर मुभिज एंड फिल्म्स इ. प्रा. लि. का संचालक सदस्य राजाराम गौतमले बताए ।

यस्तो छ गीत :