काठमाडौँ – नेपालमा थप २७८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज २६७ जना पुरुष र ११ जना महिला गरी थप २७८ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ७४ जनाको पोजेटिभ आएको छ । उनीहरुमध्ये बाराको विश्रामपुरका २० वर्षीय १ जना पुरुष, धनुषाको देवपुरा क्वारेन्टिनमा रहेका २० र २१ वर्षका ४ जना पुरुष, गुल्मी चन्द्रकोट स्थायी ठेगाना भएका र हाल काठमाडौँको निजी अस्पतालमा उपचारको क्रममा रहेका ७६ वर्षीय १ जना पुरुष, कपिलवस्तु यशोधराका २८ वर्षीय १ जना महिला र ८ महिलाका बालक देखि ५२ वर्षसम्मका ४३ जना पुरुष गरी ४४ जना रहेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै कास्की स्थायी ठेगाना भएका र हाल काठमाडौँको निजी अस्पतालमा उपचाररत ६० वर्षीय १ जना पुरुष, महोत्तरी जलेश्वरका १४ देखि ५४ वर्षसम्मका १७ जना पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. दवकोटाले जानकारी दिएका छन् ।यस्तै रौहटको गुजरा क्वारेन्टिनमा रहेका ३८ वर्षीय महिला सहित ३ देखि ४० वर्षसम्म्का ५ पुरुष गरी ६ जनामा पनि कोरोना पुष्टि भएको छ ।

यस्तै जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुर्खेतस्थित प्रादेशिक र पशुजन्य रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा १०० जनामा कोरोना पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १५ जनाको पोजेटिभ आएको छ । उनीहरुमध्ये जसमा सुनसरीको गढी गाउँपालिका, बराहक्षेत्र नगरपालिका, बार्जु गाउँपालिकाका १८ देखि ४० वर्षसम्म्का ८ जना पुरुषहरु रहेका छन् । यस्तै झापा गौरादहका २० वर्षीय १ जना पुरुष र मोरङको रतुवामाईका १५ देखि ३० वर्ष उमेरका ६ जना पुरुष रहेका छन् ।

यस्तै प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा २२ जनाको पोजेटिभ आएको छ । उनीहरुमध्ये अर्घाखाँची सीतागगांका ३६ वर्षीय १ जना पुरुष, नवलपरासीका २१ र ३२ वर्षीय २ जना पुरुष, पाल्पाका ४५ वर्षीय १ जना पुरुष र रुपन्देहीको सैनामैनाका ३८ वर्षीय महिला र १८ देखि ५० वर्ष उमेरका १७ जना पुरुष रहेका छन् ।

यस्तै कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र प्रयोगशाला हेटौँडामा गरिएको परीक्षणमा ४ जनाको पोजेटिभ आएको छ । जसमध्ये सिन्धुली तीनपाटन गाउँपालिका र कमलामाई नगरपालिका १७ र २५ वर्षका २ जना पुरुष, बाराको बारागढी गाउँपालिकाका २६ र २७ वर्षीय २ जना पुरुष रहेका छन् ।

यस्तै सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १९ जनाको पोजेटिभ आएको छ । उनीहरुमध्ये भोजपुरको षडानन्द नगरपालिकाका १७ देखि ३२ वर्षका ५ जना पुरुष, झापाको गौरीगञ्जका ३५ वर्षीय पुरुष, सुनसरीको हरिनगरा गाउँपालिका र बराहक्षेत्र नगरपालिकाका ७ वर्षीया बालिका र १४ देखि ४७ वर्षका १२ जना पुरुष रहेका छन् । यस्तै पोखराको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा २ जनाको पोजेटिभ आएको छ । उनीहरु तनहुँ रिसिङ गाउँपालिकाका ३९ र ४० वर्षका पुरुष हुन् ।

यस्तै यस्तै कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ११ जनाको पोजेटिभ आएको छ । उनीहरुमध्ये कैलाली धनगढीका २२ वर्षीया महिला र १६ देखि ३२ वर्षका ३ पुरुष गरी ४ जना, अछाम साँफेबगरका २९ वर्षीय पुरुष, बझाङ देउलेखका २६ वर्षीय पुरुष, डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका १९ देखि ५७ वर्षसम्मका ५ जना पुरुष रहेका छन् ।

यस्तै काभ्रेको धुलिखे अस्पतालको प्रयोगशाला गरिएको परीक्षणमा २२ जनाको पोजेटिभ आएको छ । उनीहरुमध्ये रामेछापका १७देखि ४९ वर्षका १७ जना पुरुषहरु, काभ्रेको रोशी, पाँचखाल र पनौतीका २० देखि ३९ वर्षका३ महिला र २ पुरुष गरी ५ जना रहेका छन् । यस्तै विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १० जनाको पोजेटिभ आएको छ । उनीहरु सबै झापाको कचनाकवलका १० देखि २८ वर्षका पुरुष हुन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालामा गरिएको परीक्षणमा २ जनाको पोजेटिभ आएको छ । उनीहरुमध्ये एक जना सुर्खेतको सिम्ताका २४ वर्षीय पुरुष र अर्का दाङको लमहीका २२ वर्षीय पुरुष हुन् ।

यसरी नेपालमा कोरोना संक्रमितको संख्या २९१२ पुगेको छ । जसमध्ये ६८ जिल्लाका पुरुष २७१७ र महिला १९५ जना रहेका छन् । कुल संक्रमितमध्ये ३३३  उपचारपछि निको भएर घर फर्किएका छन् भने ११ जनाको मृत्यु भएको छ । शुक्रबार मात्रै सुर्खेतका २८ वर्षीय युवाको मृत्यु पश्चात कोरोना पुष्टि भएको थियो ।