काठमाडौँ — सरकारले पनि जोखिम बहन गर्ने भएपछि कोभिड–१९ को जोखिम सुरक्षणका लागि ल्याइएको कोरोना बिमा पुन: सुरु भएको छ । कम्पनीहरूको पुँजीभन्दा दायित्व बढी भएकाले जोखिम बढेको भन्दै बिहीबार केही समयका लागि कोरोना बिमा स्थगन गर्न बिमा समितिले निर्देशन दिएको थियो ।


ADVERTISEMENT


शुक्रबार बिमा समिति, बिमा कम्पनी, सरकार र पुनर्बिमा कम्पनी सबैले जोखिम बाँड्ने सहमति भएपछि पुन: बिमालेख बिक्री पुन: सुरु गर्न समितिले निर्देशन दिएको छ ।


ADVERTISEMENT

# # #