काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद प्रदीप गिरीले भारत, चीन र अमेरिका बाहेकका देशमा राजदूतावास नराखेर खर्च कटौती गर्नु सुझाएका छन् । विभिन्न मन्त्रालयमा विनियोजित बजेटमाथि प्रतिनिधिसभामा आइतबार भएको छलफलमा गिरीले यस्तो बताएका हुन् ।


ADVERTISEMENT


उनले भने, ‘हाम्रो देशलाई काम लाग्ने देश मन पराए पनि नपराए पनि हिन्दुस्तान हो, चीन हो, अमेरिका हो । बाँकी मुलुकमा कुनै समय राजालाई हर सयरैपिच्छे दरवार चाहिए जस्तै, अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीको स्वागत गर्न राजदूत राख्ने काम छैन । सानो ब्रसेल्सले सिंगो युरोप चलाउन सक्छ । साउदी अरेबियामा मजदूर जान्छन ठीक छ । त्यो खर्च कटौती गर्नुहोस् ।’


ADVERTISEMENT

# # #


बजेट विनियोजनको यो तरिकाले वर्तमान सरकारको दर्शन स्पष्ट भएको उनले बताए। उनले भने, ‘मस्यामा परेका श्रमिकका लागि ११८ लाख छुट्याइएको छ। श्रमिकका आँशु र श्रमले हामी समेत तलब भत्ता खाँदैछौं ।’

समस्यामा परेका श्रमिकको उद्धारको लागि भन्दा बढी रकम अष्ट्रेलियाको दूतावास बनाउन छुट्याइएको भन्दै आपत्ति जनाए । राजदूतावासहरु सरकारी मापदण्ड अनुसार नचलिरहेको समेत बताए ।

भारत, चीन र अमेरिकका आवश्यक रहेको सुनाउँदै उनले अन्यत्र नियोग हटाई खर्च कटाउन आग्रह गरे । कुटनीतिक चासोको विषयलाई नेपालले आफ्ना कार्यकर्ताको भर्नाका रुपमा प्रयोग गरिरहेको बताए।

श्रीलंकाबाट फर्केका पूर्वराजदूत डा विश्वम्भर प्याकुरेलले फजुलका राजदूतावास नबनाउन सुझाएको समेत मन्त्री ज्ञवालीलाई सुनाए। उनले भने, ‘प्याकुरेलको अन्तवार्ता प्रधानमन्त्रीलाई सुनाइदिनुहोला। उहाँमा क्षमता छ। सल्लाहकार ठीक भएनन्।’

सरकारले बनाएको नक्सा असफल हुन नदिन परराष्ट्रसँग भएको नीतिको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग जवाफ मागे । सांसद गिरीले परराष्ट्रनीति, विदेशनीति र भारतसँगको सम्बन्धका विषयमा तत्कालिन राजा महेन्द्रले जस्तो चिठी र बोली फरक नगर्न सुझाव सरकारलाई सुझाव दिएका छन् ।