काठमाडौँ – प्रदेश नं. ५ का सबै जिल्लामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । आइतबार रोल्पामा पहिलो पटक कोरोना संक्रमित फेला परेसँगै प्रदेश ५ का सबै (१२) जिल्लामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार राप्ती स्वास्थ्य स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा रोल्पाको सुनिल स्मृति गाउँपालिकाका २२ वर्षीय १ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।


ADVERTISEMENT

# # #


यससंगै देशभरका सात प्रदेशमध्ये ३ प्रदेशका सबै जिल्ला कोरोनाबाट प्रभावित बनेका छन् । यसअघि प्रदेश नं. २ का ८ वटै र सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लामा कोरोना संक्रमित फेला परेका थिए ।

देशभरका ७१ जिल्लामा फैलियो संक्रमण

रोल्पामा पहिलो पटक पुष्टि भएसँगै देशका सातवटै प्रदेशका ७७ मध्ये ७१ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । प्रादेशिक विवरण अनुसार प्रदेश नं. २ मा सबैभन्दा बढी संक्रमित रहेका छन् भने गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशमा सबैभन्दा कम (दुइटैमा १११) संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश नं. १ का १२ जिल्लामा संक्रमण फैलिँदा २५९ जनामा कोरोना पुष्टि भएको छ । यस्तै प्रदेश नं. २ का सबै (८) जिल्लाका ११६१ जना (एकको मृत्यु), बाग्मती प्रदेशका १२ जिल्लामा ९२ जना (तीनको मृत्यु), गण्डकी प्रदेशका ९ जिल्लामा १११ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै प्रदेश नं. ५ का सबै (१२) जिल्लामा १०८१ जना (चारको मृत्यु), कर्णाली प्रदेश ९ जिल्लामा ६३३ जना (तीनको मृत्यु) र सुदूरपश्चिम प्रदेशका सबै (९) जिल्लामा १११ जना (दुईको मृत्यु) संक्रमित रहेका छन् ।

यसरी नेपालमा कोरोना संक्रमितको संख्या ३४४८ पुगेको छ । जसमध्ये पुरुष ३२१२ र महिलाहरु २३६ रहेका छन् । आजै थप २१३ जनामा कोरोना पुष्टि भएको छ ।

कुल संक्रमितमध्ये ४६७ उपचारपछि निको भएर घर फर्किएका छन् भने १३ जनाको मृत्यु भएको छ । शनिबार मात्रै डोल्पाका एक पुरुष  र धनगढीकी एक महिलाको मृत्युपछि कोरोना पुष्टि भएको थियो ।