पर्सा– भारतबाट फर्किएका पर्साका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साको जगरनाथपुर गाउँपालिकाको सन्ठी स्थित क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना पुष्टि भएको नारायणी अस्थाई कोभिड अस्पतालका कोर्डिनेटर डा. उदय नारायण सिंहले बताए ।


ADVERTISEMENT


डा सिंहले नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २० वर्ष देखि ५५ वर्ष समूहका आठजनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।  गत जेठ २३ मा उनीहरको स्वाब संकलन गरिएको थियो । संक्रमित पुष्टि भएकाहरु जगरनाथपुर गाउँपालिका –६ सन्ठीका निवासी हुन् ।


ADVERTISEMENT

# # #


सन्ठी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा ३४ जनालाई राखिएको औराहा स्वास्थ्य चौकीका इन्चार्ज पप्पु रौनियारले बताए । संक्रमितलाई नारायणी अस्थाई कोभिड अस्पतालमा ल्याउने तयारी भइरहेको छ । स्वास्थ्य निरीक्षक जयमोद ठाकुरका अनुसार संक्रमति पुष्टि भएकाहरुको कनट्याक्ट ट्रेसिङ थालिएको छ ।