काठमाडौं- विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ नियन्त्रणमा ९४ प्रतिशत सफलता हासिल गरेको चीनले दाबी गरेको छ ।  बेइजिङमा आइतबार कोरोना भाइरस विरूद्धको लडाँई र चीनको कार्यरुप विषयक श्वेतपत्र जारी गर्दै चीनले ९४ दशमलव ३ प्रतिशत संक्रमित संक्रमण मुक्त भएको दाबी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।


ADVERTISEMENT


श्वेतपत्रमा परम्परागत औषधि चलाइएको, संक्रमितको नि:शुल्क उपचार गरिएको तथा विश्वका विभिन्न मुलुकमा आफनो सहायता उपलब्ध गराएको समेत उल्लेख गरिएको छ ।  राज्यपरिषदको प्रेस कार्यालयद्वारा जारी श्वेतपत्रमा मे महिनाको अन्त्यसम्ममा कोरोना भाइरसको उद्गमस्थल चीनमा ८३ हजार भन्दा बढी संक्रमितमध्ये ७८ हजार ३ सय भन्दा बढी उपचारपछि संक्रमणमुक्त भएको उल्लेख छ ।


ADVERTISEMENT

# # #


चीनभरि कोभिड–१९ को रोकथाममा परम्परागत चिनियाँ औषधीको प्रयोग गरिएको श्वेतपत्रमा उल्लेख छ । यस्तै संक्रमितको नि:शुल्क उपचार गरेको छ ।  निश्चित वा शंकास्पद संक्रमित कसैले पनि बिल पेश गरेर बीमा वा आर्थिक सहायताको भर पर्नु नपरेको श्वेतपत्रमा जनाइएको छ । चीनले ८० नाघेका हुबेइका करीब ३ हजार संक्रमितलाई सन्चो पारेको दाबी गरेको सिन्हवाले जनाएको छ ।