काठमाडौँ – कर्णाली प्रदेशका थप ५५ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ ।


ADVERTISEMENT


सुर्खेतस्थित प्रादेशिक अस्पताल र पशुपंक्षी रोगअन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ४ जना महिला र ५१ जना पुरुषमा कोरोना देखिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका अनुसारसंक्रमितमध्ये ४८ दैलेखका, सुर्खेतका  ६ जना र काठमाडौँका १ जना रहेका छन् । जसमध्ये दैलेखको डुंगेश्वर गाउँपालिकाका २० देखि ५० वर्षसम्मका ४ जना महिला रहेका छन् भने  ६ महिना, १ र ३ वर्षका ३ जना बालकसहित १५ देखि ५० वर्षसम्मका ३५ जना पुरुष गरी जम्मा ३९ जना रहेका छन् ।

यस्तै दैलेखकै वडा भैरवका ३८ वर्षीय १ जना पुरुष, खोरका २३ वर्षीय पुरुष खगेनाका २१ देखि २४ वर्षसम्मका ३ जना पुरुष, रुमका १७ र २४ वर्षीय पुरुष तप्लुङका ५० र तुर्सुका ३० वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ ।

यस्तै सुर्खेतको चिंगाड गाउँपालिकाका २३ देखि ३३ वर्षसम्मका ६ जना पुरुष रहेका छन् । यस्तै काठमाडौँको बुढानीलकण्ठ घर भएका तर हाल चिंगाडमै रहेका एक जना २९ वर्षीय पुरुषमा पनि पोजेटिभ देखिएको छ ।

यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ७६३ पुगेको छ । जसमध्ये ३ जनाको निधन भएको छ भने  जना उपचारपछि निको भएका छन् ।