काठमाडौँ – छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका सदस्यहरूले अबदेखि आफ्नो किस्ता तथा बचत इसेवाबाट भुक्तानी गर्न सक्ने भएका छन् । विभिन्न क्षेत्रलाई डिजिटल भुक्तानीमा आवद्ध गर्दै लगेको इसेवाले ग्रामिण भेगमा रहेका लघुउद्यमीहरुलाई पनि डिजिटल भुक्तानी गर्न सकिने गरी सेवा सुरू गरेको हो ।


ADVERTISEMENT


अनलाइन भुक्तानी सम्बन्धि सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र छिमेक लघुवित्तका तर्फबाट चोलराज शर्मा जोशीले हस्ताक्षर गरेका छन् । इसेवा एकाउन्ट भएका सदस्यहरूले आफ्नो मोबाईलबाटै नियमित किस्ता तथा बचतको रकम भुक्तानी गर्न सक्नेछन् भने इसेवा एकाउन्ट नभएका सदस्यले नजिकको इसेवा जोन, पोइन्ट तथा इसेवा अंकित एजेन्टबाट भुक्तानी गर्न सक्नेछन् । यो सँगै लघुवित्तका सदस्यहरुले ऋणको किस्ता तिर्न नगद बोकेर लघुवित्तको कार्यालय पुग्नुपर्ने समयको बचत हुनुको साथै अन्य खर्चमा समेत कटौती हुनेछ ।


ADVERTISEMENT

# # #


इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले लघुउद्यमीहरूमा पनि डिजिटल भुक्तानीको सुविधा अत्यावश्यक रहेको अवस्थामा यस सहकार्यले लघुउद्यमीहरूलाई अनलाइनबाट भुक्तानी गर्न सहज बनाउने बताए ।

लघुवित्तका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले अहिलेको डिजिटलाईजेसनको जमानामा क्यासलेस कारोबारका लागि इसेवासँगको सहकार्यले निकै फाइदा पुर्याने बताए । यस किसिमको डिजिटल भुक्तानीबाट संस्था र ग्राहकको लागत पनि घटाउने भएकाले डिजिटल भुक्तानीले सबैलाई सहज बनाउने बताए ।