काठमाडौँ – कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) निर्देशक समितिले सरकारविरुद्ध भइरहेको प्रदर्शनबारे बोलेको छ ।


ADVERTISEMENT


शुक्रबार साँझ एक वक्तव्य जारी गर्दै समितिका संयोजक तथा उपप्रधानमन्‍त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना महामारीविरुद्धको योजनालाई थप प्रभावकरी बनाउन सरकार प्रतिवद्ध रहेको जनाएका छन् । उनले हाल नेपालले गरिरहेको पीसीआर टेस्ट दक्षिण एशियाका धेरै मुलुकको भन्दा अधिक भएपनि पीसीआर टेस्टको दायरा बढाउने निर्णय सरकारले गरिसकेको बताएका छन् ।


ADVERTISEMENT

# # #


यस्तै कोरोना उपचारमा खर्च भएको रकमको फाँटवारी (हिसाब) छिट्टै सार्वजनिक गर्ने, क्वारेन्टिनको व्यवस्थापनमा सुधार गर्दै जाने कुरामा सरकार प्रतिवद्ध रहेको उपप्रधानमन्त्री पोखरेलले विज्ञप्तीमा जनाएका छन् ।

विभिन्न माग राखेर भइरहेको आन्दोलनप्रति सरकार र सीसीएमसी निर्देशक समितिको ध्यानाकर्षण भएको भन्दै पोखरेलले भनेका छन्, ‘आफ्ना मागहरु राखी शान्तिपूर्ण रुपमा उपस्थित हुन पाउनु लोकतान्त्रिक अधिकारको विषय भएपनि सम्बद्ध सबैलाई अहिलेको अवस्था सामान्य नरहेको तथा कोरोना संक्रमणको उच्च जोखिममा रहेको अवस्थाप्रति गम्भीर र संवेदनशील हुन विशेष आग्रह गर्न चाहन्छौं ।’

लकडाउन खुकुलो बनाउने निर्णय भइसकेकाले सामाजिक दुरी कायम राख्नु र कोरोनाको जोखिमलाई नियन्त्रण गर्न सहयोग गर्नु सबैको दायित्व भएको उनले बताएका छन् । पोखरेलले भनेका छन्, ‘थौरै पनि असावधानीले संक्रमणले भयावह महामारीको रुप लिनसक्ने खतराप्रति सजग हुन सबैमा आह्वान गर्दछौं ।’

यस्तै शनिबार नै संघीय संसदमा लिम्पियाधुरासमेटिएको नेपालको नक्सासहितको अद्यावधिक निशान छाप पारित हुने भन्दै उनले यस विशेष दिनलाई हार्दिक रुपमा स्वागत गर्दै एकताको सन्देश दिन आग्रह समेत गरेका छन् ।