काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । काँग्रेस संसदीय दलले आज एक विज्ञप्ति जारी गरी आज दिउँसो १२ः३० बजे बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्न लागेको जानकारी दिएको हो ।


ADVERTISEMENT


काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधान संशोधन र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिए ।


ADVERTISEMENT

# # #