नयाँदिल्ली — भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवणेले नेपाल र भारतबीच घनिष्ठ सम्बन्ध रहेको र भविष्यमा पनि रहिरहेने बताएका छन् ।भारतले लिपुलेक क्षेत्रमा सडक निर्माणको विरोध नेपालले विदेशीको इसारामा गरेको भन्ने विवादास्पद टिप्पणी गरेका भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवणेले आफ्नो यसअघिको भनाइलाई सच्याउँदै नेपाल र भारतबीच घनिष्ठ सम्बन्ध रहेको र भविष्यमा पनि रहिरहने बताएका हुन् ।


ADVERTISEMENT


देहरादुनस्थित भारतीय सैनिक एकेडेमीमा आयोजित एक कार्यक्रममा नेपाल र भारतबीचको पछिल्लो सीमा विवादलाई लिएर राखेको जिज्ञासामा नरवणेले त्यस्ता धारणा राखेका हुन् । ‘हामीहरुको नेपालसँग अत्यन्त घनिष्ट सम्बन्ध छ । हामीहरुबीच भौगोलिक, सांस्कृतिक, ऐतिहासिक र परम्परागत सम्पर्क छ । जनस्तरमा पनि त्यत्तिकै बलियो सम्पर्क छ । हामीबीचको सम्बन्ध सधैँ बलियो रहँदै आएको छ र भविष्यमा पनि रहिरहनेछ,’ भारतीय नवरवणेलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


ADVERTISEMENT

# # #