काठमाडौं – कोरोना संक्रमणका कारण मुलुकको अर्थतन्त्र धरासयी बनेको बेला सातै प्रदेशले आज आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट सार्वजनिक गर्दै छन् । प्राय: प्रदेशले स्वास्थ्य सेवा, रोजगारी र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउँदै छन् । सबै प्रदेशले बजेटको आकार चालु आर्थिक बर्षको भन्दा केही घटाउने जनाएका छन् ।


ADVERTISEMENT


प्रदेश १ सरकारले आउँदो निर्वाचन लक्षित रणनीतिमा आधारित बजेट ल्याउँदै छ । स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी छ । चालु आर्थिक बर्षमा ४२ अर्ब २० करोड ४ लाख १० हजारको बजेट ल्याएको प्रदेशले आगामी आर्थिक बर्षका लागि करिब ७ अर्ब घटाएर बजेट ल्याउँदै छ ।


ADVERTISEMENT

# # #


प्रदेश २ सरकारले आगामी आवका लागि करिब ३२ अर्बको बजेट ल्याउन लागेको बताइएको छ । आज साँझ ५ बजे आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले बजेट सार्वजनिक गर्दै हुनुहुन्छ । वाग्मती सरकारले कोरानाका कारण गतवर्षको भन्दा आकार घटाएर बजेट ल्याउन लागेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

चालु आवमा ४७ अर्ब ६० करोड ७८ लाख रुपैयााको बजेट ल्याएको प्रदेशले आगामी आवका लागि करिब ४४ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । कोरोनाका कारण अर्थतन्त्रमा पर्ने प्रभावको मूल्यांकन गर्दै प्रदेशले आगामी आवको बजेट तयार गरेको आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सरकारले चालु आवका लागि ३२ अर्ब १३ करोड रुपैयाँको बजेट ल्याएको थियो । यसपटक भने कोरोना महामारीका कारण बजेटको आकार केही घट्ने अनुमान गरिएको छ ।

प्रदेश ५ सरकारले कोभिड–१९ केन्द्रित रहेर बजेट सार्वजनिक गर्दै छ । प्रदेश सरकारले गत वर्ष ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट सार्वजनिक गरेको थियो । त्यसमा झन्डै ५० प्रतिशत हाराहारी खर्च गरेको छ ।

कर्णाली प्रदेश सरकारले आगामी आवका लागि करिब ३३ अर्ब रुपैयाा हाराहारीको बजेट ल्याउादै छ । अहिलेको अवस्थामा चालू आवकै हाराहारीमा बजेट ल्याउन लागिएको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

सुदूरपश्चिममा विभिन्न पेसा र क्षेत्रका प्रतिनिधिले प्रदेश सरकारले ल्याउन लागेको बजेटले प्रदेशका बासिन्दालाई रोग र भोकबाट बचाउने योजनालाई पहिलो प्राथमिकता दिने अपेक्षा रहेको बताएका छन् ।