काठमाडौं- पार्टीको निर्देशन अवज्ञा गरेको भन्दै समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारवाहीको तयारी गरेको छ । निशान छाप परिमार्जनका लागि सरकारले ल्याएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न पार्टीले दिएको निर्देशन अवज्ञा गर्दै सांसद गिरी शनिबारको बैठक बहिष्कार गरी बाहिरिएकी थिइन् ।


ADVERTISEMENT


संविधान संशोधन विधेयक नै खारेजीको माग गर्दै संशोधन प्रस्ताव दर्ता गराएकी सांसद गिरी सभामुखले सो प्रस्ताव अगाडि नबढाउने भएपछि बैठक बहिष्कार गरी बाहिरिएकी थिइन् ।संशोधन प्रस्ताव फिर्ता लिन पार्टीले दिएको निर्देशन अवज्ञा गर्दै सांसद गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।


ADVERTISEMENT

# # #


समाजवादी पार्टीले भने विधेयकको पक्षमा मतदान गरेको थियो । समानुपातिक कोटाबाट सांसद भएकी गिरीलाई कारवाही गर्ने तयारी भएपनि समाजवादीले कारवाहीको स्वरुप भने खुलाएको छैन ।