सिन्धुली । बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) सन्दिप भण्डारी र प्रा.प्र.नि. डा. रमा बिष्टद्वारा तालिम केन्द्र परिसर तथा यस केन्द्रको वरपर रहेका जंगल तथा बस्तीहरुमा गर्मी याममा अत्याधिक मात्रामा पाईने विषालु सर्प, बिच्छी, खजुरा लगायतका जीवहरुको टोकाईबाट बच्नको लागि अबलम्वन गर्नुपर्ने उपाय र टोकी हालेमा तत्काल गर्नुपर्ने प्राथमिक उपचार लगायतका विषयहरुमा यस केन्द्रमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारी तथा प्रशिक्षार्थीहरुलाई प्र.स.नि. हिरालाल फुयलको सहजिकरणमा २५र२५ जनाको समूह वनाई सामाजिक दूरी कायम गर २ दिने सचेतनामूलक कार्यक्रम गरिएको थियो ।


ADVERTISEMENT


उक्त कार्यक्रममा (एसएसपी) भण्डारीले हालको अवस्थालाई मध्यनजर गर्दै विषालु सर्प तथा अन्य जीवजन्तुहरुको टोकाईबाट जोगिन यस तालिम केन्द्रले विशेष सजगता अपनाउदै आसपासको क्षेत्रमा सर(सफाई गरिएको, पेरिमिटर लगायत महत्वपूर्ण स्थानहरुमा बत्तीको व्यवस्था गरिएको र त्यस्ता जीवजन्तुहरुले टोकी हालेमा तत्काल प्राथमिक उपचारको लागि चिकित्सक, तालिम प्राप्त प्रहरी कर्मचारीतथा एम्बुलेन्स सहितको टोली तयारी हालतमा राखिएको बताउँदै सम्पूर्ण प्रहरी कर्मचारी तथा प्रशिक्षार्थीहरुलाई सर्प देखेमा नचलाउन,हिडडुल गर्दा चारै तिर राम्रो संग हेरी हिँड्न, खाली खुट्टा नहिँड्न, रातको समयमा अनिवार्यटर्च लाइट बाली हिडडुल गर्न, शौचालयवा बाथरुममा आवत जावत गर्दा तथा विस्तारामा सुत्दासमेत झुल टाँगी विशेष सजगता अपनाउनु पर्नेमा समेत जोड दिएका थिए ।


ADVERTISEMENT

# # #


साथै तालिम केन्द्र आसपासका कोगटी स्थित स्थानीय बासिन्दाहरुलाई समेत आजै प्र।व।उ। भण्डारी तथा डा। रमा बिष्ट लगायत तालिम केन्द्रका सिनियर प्रहरी अधिकृतहरु समेतको उपस्थितिमा उक्त जनचेतनामूलक कार्यक्रम संचालन गरी लाभान्वित गराइयो । यस कार्यक्रमलाई स्थानीय बासिन्दाले सकारात्मक रुपमा लिंदै तालिम केन्द्रले आयोजना गरेको यस कार्यक्रमले सर्प तथा विषालु जीवजन्तुको टोकाईबाट बच्न महत्वपूर्ण शिक्षा पाएको उल्लेख गरेका थिए ।