एजेन्सी – ल्याटिन अमेरिकी मुलुक ब्रजिलमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरूको सङ्ख्यामा करिब ३५ हजारले वृद्धि भएको छ। सङ्क्रमितहरूको सङ्ख्याका हिसाबले ब्रजिल अमेरिका पछि दोस्रो स्थानमा छ।


ADVERTISEMENT


यो हप्ताको अन्तसम्म त्यहाँ कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या १० लाख पुग्न सक्ने अनुमान गरिएको छ। कोभिड-१९ बाट ब्रजिलमा हालसम्म ४५ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाइसकेका छन्।


ADVERTISEMENT

# # #


परीक्षणको दर कम भएकाले सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या निकै बढी हुन सक्ने संवाददाताहरूले बताएका छन्।

मृत्यु हुने र सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्यामा तीव्र वृद्धि भइरहँदा पनि राष्ट्रपति जाइर बोल्सोनारुको दबावका कारण ठूला सहरहरू फेरि खुला गर्न थालिएका छन्।