काठमाडौँ – कर्णाली प्रदेशका थप १८ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुर्खेतस्थित प्रादेशिक अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा २ जना महिला र १६ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।


ADVERTISEMENT


मन्त्रालयका अनुसार जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कालीकोटको सन्नी त्रिवेणी नगरपालिकाका १४ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरुमध्ये १८ र ५२ वर्षीय २ महिला र १९ देखि ६० वर्षसम्मका १२ जना पुरुष रहेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै सुर्खेतस्थित प्रादेशिक अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ४ जनाको पोजेटिभ आएको छ । जसमध्ये दैलेखको भैरवी गाउँपालिकाका २० वर्षीय १ जना पुरुष र भगवतीमाई गाउँपालिकाका ३३ वर्षीय पुरुष रहेका छन् । यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका २६ वर्षीय पुरुष र लेकवेशी नगरपालिकाका ३८ वर्षीय पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ११०४ पुगेको छ । जसमध्ये ३ जनाको मृत्यु भएको छ ।

१५२ जना डिस्चार्ज

कर्णालीमा पछिल्लो २४ घण्टामा १५२ जना डिस्चार्ज भएका छन् । कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीका अनुसार दैलेखको महाबु आइशोलेसन सेन्टरबाट १०६ जना कोरोनालाई जितेर घर फर्किएका छन् । यस्तै नारायण आइशोलेसन सेन्टर/दैलेख अस्पतालबाट ४३ जना पनि डिस्चार्ज भएका छन् ।

यस्तै सुर्खेतस्थित प्रदेश अस्पतालबाट ३ जना डिस्चार्ज भएका छन् । यससँगै कर्णालीमा कोरोना संक्रमण निको हुनेको संख्या ४९४ पुगेको छ ।