एजेन्सी – भारत र चीनले लद्दाखको गलवान उपत्यकामा सोमबार राती २० जना भारतीय सैनिकको ज्यान जाने गरी भएको भीडन्तको दोष एकअर्कामाथि थुपारिरहेका छन् ।


ADVERTISEMENT


उदाउँदा दुई शक्तिशाली देशबीच सीमा क्षेत्रमा भएको यो ४५ वर्षपछिको घातक भीडन्त हो । यद्दपी चीनले आफ्ना तर्फबाट भएको क्षतीको विवरण भने सार्वजनिक गरेको छैन ।


ADVERTISEMENT

# # #


चीनले एकतर्फी स्थिति बदल्ने कोशिस गर्‍यो  : भारत

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भीडन्तको कारण चीन भएको दाबी गरेका छन् । उनले चिनियाँ पक्षले एकतफी रुपमा स्थिति बदल्ने कोसिस भएपछि टकराब पैदा भएको बताए ।

यस घटनालाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि सार्वजनिक रुपमा सम्बोधन गर्ने दबाब बढिरहेको छ । विपक्षी दल भारतीय कांग्रेस र यसका नेता राहुन गान्धीले पनि प्रधानमन्त्री मोदी चुप रहेको र लुकेको आरोप लगाएका छन् । उता मोदीले भने सर्वदलीय बैठक आह्वान गरेका छन् ।

घटनाको जिम्मेवार हामी छैनौँ : चीन

चिनियाँ विदेश मन्त्रालयले गलवान उपत्यकामा भएको घटनाका लागि आफू जिम्मेवार नरहेको दाबी गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने, ‘यसमा सही र गलत एकदमै स्पष्ट छ । यो घटना एलएसी (लाइन अफ कन्ट्रोल) को चीन तर्फको क्षेत्रमा भएको छ । त्यसकारण यसको लागि चीनलाई जिम्मेवार रहेको ठहर गर्न सकिन्नँ ।’

गलवान उपत्यकाको सम्प्रभुता सँधै चीनसँग रहेको दाबी गर्दै उनले भारतीय सैनिकले सीमा सम्बन्धी प्रोटोकल र कमाण्डरडर स्तरको वार्तामा भएको सहमतिलाई गम्भीर रुपमा उल्लंघन गरेको बताए ।

यद्दपी प्रवक्ता झाओले चीनले अर्को कुनै संघर्ष नचाहेको पनि उल्लेख गरे । दुबै देशबीच कुटनीतिक र सैन्य स्तरमा पनि वार्ता भइरहेको उनले जानकारी दिए ।

भएको के हो ?

यो घटना सामरिक रूपमा महत्वपूर्ण मानिएको गलवान उपत्यकामा पहाडी चट्टानी इलाकामा भएको हो । जुन चीनको तीब्बत र भारतका लद्दाखको बीचमा अवस्थित छ ।

भारतीय मिडियाका अनुसार दुबैतर्फका सैनिकले हतियार नभई हातले भीडन्त गरेका थिए । लाठी, मुक्का प्रयोग गरिएको उक्त भीडन्तमा केही सैनिक मारिएका थिए । लडाईंकै दौरान एक पत्रिकाले बताएको थियो कि अन्य केही व्यक्ति नदीमा खसेका थिए वा धकेलिएका थिए ।

भारतीय सेनाले सुरुमा आफ्ना एक एक कर्णेल र २ सैनिक मारिएको बताएको थियो । त्यसपछि ड्युटीमा रहेका अन्य १७ जना गम्भीर घाइते भएको र त्यसपछि मृत्यु भएको उल्लेख गरेको थियो ।

दुबै पक्षले यस भीडन्तमा कुनैपनि गोली नचलाइएको दाबी गरेका छन् ।