काठमाडौँ– उपप्रधानमन्त्री कृष्णबहादुर महराले वैदेशिक रोजगारीका क्रममा देखिएको समस्या समाधान गर्न परराष्ट्र, गृह र श्रम तथा रोजगार मन्त्रालयबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।


ADVERTISEMENT


नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधिमण्डलसँग आज परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा परराष्ट्रमन्त्री महराले भने, “वैदेशिक रोजगार सुरक्षित, मर्यादित र व्यवस्थित बनाउनुपर्छ, यसका लागि राज्य संयन्त्र र व्यवसायी दुवैले आआफ्नो ठाउँबाट जिम्मेवारीपूर्वक भूमिका निभाउन आवश्यक छ ।


ADVERTISEMENT

# # #


भेटमा आफूहरुले मलेसिया जाने कामदारबाट विभिन्न कम्पनीका नाममा बढी रकम असुलिएको, मागपत्र प्रमाणीकरणलाई दूतावासमा सहजीकरण गरी दिनुपर्ने, वैदेशिक रोजगारीसम्बन्धी कार्यदल र भ्रमणमा संघको प्रतिनिधिमण्डल पनि सहभागी गराइनुपर्ने विषय राखेको संघका अध्यक्ष रोहन गुरुङले जानकारी दिए ।

नेपालस्थित साउदी अरबको दूतावासले प्रवेशाज्ञा छापका लागि दिने परिचयपत्र सबै रोजगारदाता संस्थालाई दिने व्यवस्थाका लागि आवश्यक पहल गरिदिन समेत परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराइएको उनले जानकारी दिए ।

जवाफमा मन्त्री महराले विदेशस्थित नियोगमा मागपत्र प्रमाणीकरण र साउदी परिचयपत्रका सम्बन्धमा तत्काल मन्त्रालयले पहल गर्ने तथा मलेसिया जाने कामदारमाथिको ठगीका सम्बन्धमा सरोकार भएका मन्त्रालय बसेर अध्ययन गरिने बताएका थिए