काठमाडौँ – त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डीनमा डा. दिव्य सिंह शाह नियुक्त भएकी छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सकसमेत रहेकी शाहलाई बुधबार त्रिवि कार्यकारी परिषद्ले डिनमा नियुक्त गरेको हो । यसअघि प्रा.डा. प्रेम ज्ञवाली संयोजक रहेको एक समितिले आईओएमको डिनका लागि प्रा. डा. शाह सँगै प्रा.डा. प्रदीप वैध र प्रा.डा. उत्तमकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको थियो ।


ADVERTISEMENT

# # #


ईओएमका डिन प्रा.डा. जगदिस अग्रवालले उमेर हदका कारण केही दिनअघि अवकाश पाएका थिए ।