एजेन्सी – लद्दाखमा भएको दोहोरो भीडन्तमा २० जना भारतीय सैनिक मारिएपछि भारत र चीनबीच तनाव उत्पन्न भइरहेका बेला दुई देशका विदेशमन्त्रीबीच फोन वार्ता भएको छ ।


ADVERTISEMENT


भारतीय विदेशमन्त्री एस जयशंकरले चिनियाँ समकक्षी वाङ यीसँग टेलिफोनमा कुराकानी गरेको भारतीय मिडियाले जनाएका छन् । फोन वार्तामा भारतीय विदेशमन्त्री जयशंकरले लद्दाखमा भएको घटनाको विरोध जनाउँदै चीनले योजनावद्ध रुपमा उक्त घटना घटाएको दाबी गरे । जसका कारण भारतीय सैनिकको ज्यान गएको दाबी समेत उनले गरे ।


ADVERTISEMENT

# # #


उता चिनियाँ विदेशमन्त्री वाङले चीनको समर्थन जनाउँदै भारतीय सेना लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) पार गरेर चिनियाँ क्षेत्रमा आएकाले घटना भएको बताए । यद्दपी दुबै मन्त्रीहरुले शान्ति कायम राख्ने कुरामा जोड दिएका छन् ।

उनीहरुले भारत र चीनबीच भएका पूर्वसहमतिको पालना गर्दै वार्तामार्फत समस्या समाधान गर्ने कुरामा सहमति जनाएका छन् । दुबै देशले सीमामा शान्ति कायम गर्ने र कुनै पनि हिंसात्मक कदम नचाल्ने कुरामा पनि सहमति जनाएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।