काठमाडौँ– ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले वर्तमान सरकार नेपाललाई ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउने विषयमा गम्भीररुपमा लागि परेको बताएका छन्।


ADVERTISEMENT


रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कारमा उनले ऊर्जा क्षेत्रमा कम पूँजी लगानी भइरहेकाले सरकारले बाह्य लगानीको वातावरण तयार गर्न लागि परेको बताए ।


ADVERTISEMENT

# # #


उनले आफू र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच कुनै मतभेद नरहेको बताए । मन्त्री शाहीले क्षमतावान् व्यक्तिले आफ्नो क्षमता प्रदर्शन गरिसकेको बताउँदै उहाँलाई हटाउनुपर्ने कुनै कारण नभएको दाबी गरे ।

जलाशययुक्त बूढीगण्डकी मुआब्जा वितरण गर्न रु १६ अर्ब बजेट निकासा गरिसकेको जानकारी दिँदै उनले सम्पूर्ण मुआब्जा वितरण गर्न रु ६० अर्ब आवश्यक रहेको र आव वर्ष २०७५/७६ मा सबैलाई मुआब्जा भुक्तानी गर्ने जानकारी दिए।