काठमाडौँ – नेपालमा थप ६७१ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् ।  देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज ८० जना महिला र ५९१ जना गरी थप ६७१ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार  काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा २७९ जनाको पोजेटिभ आएको छ । अछामका ११ जना महिला र ३१ जना पुरुष, वैतडीका २ महिला र २३ जना पुरुष, बाजुराका १५ महिला र २६ जना पुरुष, भक्तपुरका १ महिला र २ जना पुरुष, डडेल्धुराका ७ महिला र ७७ जना पुरुष रहेका छन् । यस्तै कैलालीका २ जना महिला र १९ जना पुरुष, कपिलवस्तुका २ महिला र १४ जना पुरुष, काठमाडौँका १ महिला र १ पुरुष, नुवाकोटका २ जना पुरुष, रौतहटका १ महिला र ३३ जना पुरुष, रुपन्देहीका ३ जना पुरुष, सर्लाहीका २ जना पुरुष, सिन्धुपाल्चोकका १ जना, ललितपुरका १ जना र नवलपरासीका १ जना पुरुष र महोत्तरीका १ जनामा पनि कोरोना पाइएको छ ।


ADVERTISEMENT

# # #


यस्तै काभ्रेको धुलिखेल अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाका २९ जना पुरुष, बागलुङका १ जना पुरुष, मनाङका १ जना पुरुष, नवलपरासी पूर्वका ३० जना पुरुष, स्याङ्गजाका २ जना महिला र ७ जना पुरुष, पर्वतका ४ जना पुरुष, तनहुका १५ जना पुरुष, गोरखाका १ महिला र १० जना पुरुष गरी जम्मा ७१ जनामा पोजेटिभ देखिएको छ । यस्तै आज मात्रै कर्णालीमा  १२० जना नयाँ संक्रमित थपिएका छन् । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु प्रयोगशालामा सुन्धुलीकी १ महिला, भरतपुर अस्पतालमा पर्वतका १ जना महिला र ४ जना पुरुष, चितवनका १ जना पुरुष, नवलपरासी पूर्वका १ जना पुरुष गरी ७ जना रहेका छन् ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका २ जना महिला र मोरङकी १ जना महिला गरी ३ जनाको पोजेटिभ आएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका २ महिला र १ जना पुरुष, कपिलस्तुका १ जना पुरुष, पाल्पाका ६ जना पुरुष, रुपन्देहीका २ महिला र ७ जना पुरुष, रोल्पाका १ जना पुरुष र नवलपरासीका १ जना पुरुष, अर्घाखाँचीका ६ महिला र ९१ पुरुष गरी जम्म ११८ जना पोजेटिभ देखिएको छ ।

यस्तै भेरि अस्पतालमा ८ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ४ जना, सेती प्रादेशिक अस्पतालमा ३१ जनामा पोजेटिभ देखिएको छ ।

यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ७८४८ पुगेको छ । त्यसमध्ये महिला ६१९ जनजा र पुरुष ७२२९ जना रहेका छन् । जसमध्ये २२ जनाको मृत्यु भएको छ भने ११८६ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।