काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप २१६ जनाले कोरोना भाइरस (कोभिड–१९) मुक्त भएका छन् ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशका विभिन्न अस्पताल तथा आइशोलेसन सेन्टरबाट पछिल्लो २४ घण्टामा ९ जना महिला र पुरुष २०७ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।


ADVERTISEMENT

# # #


यससँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या १४०२ पुगेको छ । नेपालमा हाल ८२७४ जना कोरोना संक्रमित रहेका छन् । जसमध्ये २२ जनाको मृत्यु भएको छ । आज मात्रै ४२६ जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।

हेर्नुहोस् कहाँ कति नयाँ संक्रमित थपिए र कति निको भए ? :