काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) संक्रमण नेपालका ७६ जिल्लामा पुष्टि भएको छ । सातै प्रदेशका कुल ७७ मध्ये रसुवाबाहेक सबै जिल्लामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मंगलबार मात्रै ओखलढुंगामा कोरोना पष्टि भएको थियो । ओखलढुंगाको लिखु गाउँपालिकाका एक २८ वर्षीय पुरुषमा आइतबार साँझ कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।


ADVERTISEMENT

# # #


नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ९५६१ रहेको छ । आजमात्रै ५३५ जना कोरोना संक्रमित थपिएका छन् ।

कुलसंक्रमितमध्ये २१४२ जना निको भएको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । उनका अनुसार आज मात्रै ३२ महिला र ३३८ पुरुष गरी ३७० जना निको भएर घर फर्किएका छन् ।

अपडेट हेर्नुहोस् :